जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पदः थापा

काठमाडौं,कात्तिक ८-

सहकारी ठगी सम्बन्धी छानबिनका लागि बनेको संसदीय समितिका संयोजक सूर्य थापाले जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा हुनु लज्जास्पद भएको टिप्पणी गरेका छन् । निजको विषयमा समितिलाई पूर्वजानकारी रहेको थापाको भनाइ छ ।

नेपाल प्रेसले हाल राष्ट्रपतिका कानूनी सल्लाहकार रहेका बाबुराम कुँवर सहकारी ठगीमा आरोपित जीवी राईको कोर टीममा व्यक्त रहेको खुलासा गरेको थियो । पछि अन्य सञ्चारमाध्यमले पनि समाचार प्रकाशित गरेका थिए । यस विषयमा आज छानबिन समितिका संयोजक थापाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन् ।

छानबिन अवधिभित्रै यस्ता समाचार आएको भए आफूहरूलाई पनि सहयोग पुग्ने तर अहिले लगनपछिको पोते झैँ भएको उनको टिप्पणी छ । थापाले लेखेका छन्, ‘सहकारी ठग जीवी राईको कानूनी सल्लाहकार रहेको व्यक्ति सम्माननीय राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान देखिनु राष्ट्रकै लागि एउटा लज्जास्पद दृश्य हो ।’

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button