तरकारी तथा फलफुलको भाउ घट्ने

स्थानिय व्यवसायीहरु हवाई कार्गो भन्दा समुन्द्री मार्गमा बढी केन्द्रित हुन थालेपछि तरकारी तथा अन्य दैनिक उपभोग्य सामानहरुको भाउ घट्ने भएको छ।

नाकाबन्दीको असरलाई पूर्ण रुपमा कम गर्न र दैनिक उपभोग्य सामानहरुको माग धान्न अहिले कतारको व्यवसायीहरु जल मार्गमा लागिपरेको छ।जल मार्गको तिब्र प्रयोगले आउने दिनहरुमा खाधान्न तथा अन्य सामानको भाउ घट्ने पेनिन्सुला पत्रिकाले लेखेको छ।

जल मार्गबाट आउने सामानहरु हवाई कार्गोको तुलनामा १० देखि २५ प्रतिशतले सस्तो पर्ने लुलु ग्रुपको क्षेत्रीय म्यानेजर शानाभासले पत्रिकालाई जानकारी दिएको छ।साथै लुलुले हाल उपभोग्य सामानको पूरा कन्टेनर भारतको जल मार्ग हुँदै आयात गर्न सुरु गरिसकेको छ।

बुधबार लुलुले २५ टन बराबरको खरबुजा कतार ल्याएको थियो।साथै थप २५ टन केरा यो हप्ता भित्र आउनेछ।भारतको बन्दरगाह यतिखेर ओभर बुकिको स्थितिमा रहेको छ।

लुलुले यतिखेर हवाई चार्टर गरेर भएपनि आफ्नो उपभोक्ताको माग पूरा गर्दै आईरहेको क्षेत्रीय म्यानेजर शानाभासले थप जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button