कतारमा भाइरस : ज्यान गुमाउनेको संख्या २३० पुग्यो

गएको २४ घण्टामा २०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र २३१ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये १७२ जना स्थानीय र ३१ जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,३१,१७० पुगेको छ ।
भाइरसको कारण आज १ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ६,७०३ जनालाई परिक्षण गरिएको थियो । हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २३९ रहेको छ र निको हुनेको संख्या १,२८,०९९ पुगेको छ ।
सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता भने खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – २९ जना
अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – ३७७ जना
आईसीयुमा भर्ना भएका – ० जना
आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – ३३ जना
आज सम्म जाँच भएको संख्या – ९,३४,२८३ जना
अझै निको हुन बाँकीको संख्या : २,८४१ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।