सरकारले आज देशैभर लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियान सञ्चालन गर्दै

काठमाडौं, कात्तिक ९-

सरकारले आज देशैभर लामखुट्टेको प्रजनन् स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा लामखुट्टेको प्रजनन् स्थल नष्ट गर्ने अभियान आज देशव्यापी रुपमा सञ्चालन हुन लागेको हो।

‘डेङ्गु सार्ने लामखुट्टेको नियन्त्रणका लागि सबैभन्दा बढी प्रभावकारी मानिएको लामखुट्टेको प्रजननस्थल जस्तै पानी जम्ने ठाउँ खोजी लाम्खुट्टेका लार्भा, प्युपा नष्ट गर्ने कार्यलाई कम्तीमा हप्ताको एकपटक शुक्रबार १० बजेर १० मिनेट देशाव्यापी अभियानका रुपमा सञ्चालन गर्न म सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियान्ताहरुका साथै सम्पूर्ण आमनागरिकसमेतको सहभागिताका लागि हार्दिक अपिल गर्दछु’, बिहीवार उनले भने।

नेपालका केही जिल्लामा हालसम्म पनि डेङ्गु रोगको प्रकोप कायमै रहेको र यसले जनस्वास्थ्यका क्षेत्रमा गम्भीर चुनौती सिर्जना गरेको उनको भनाइ छ।

‘नागरिक स्वस्थ भएमा मात्रै समृद्ध नेपालको निर्माण सम्भव छ। स्वस्थ नेपाल भएमा निरोगी नेपालको अभियान पनि सफल हुनेछ’, सन्देशमा भनिएको छ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button