नेपालले आज कतारसँग खेल्दै

काठमाडौं, कात्तिक ९-
एएफसी यू–१७ एसियन कप छनोटमा नेपालले आज कतारसँग खेल्दैछ। दोहाको एसपायर एकेडेमी पिचमा नेपाली समयअनुसार खेल राति साढे ८ बजे सुरु हुनेछ। बुधबार भएको खेलमा नेपाल जापानसँग ९–२ गोल अन्तरले पराजित भयो। कतारले भने मंगोलियालाई पराजित गरेको छ।
समूह ‘एफ’मा रहेको नेपाल अन्तिम खेल आइतबार मंगोलियासँग खेल्नेछ।
यो प्रतियोगितामा ४३ टोलीलाई १० समूहमा विभाजन गरिएको छ। समूहको शीर्ष स्थानमा रहने टोली र दोस्रो स्थानका उत्कृष्ट पाँच टोलीले अर्को वर्षको अप्रिलमा साउदी अरेबियामा हुने मुख्य प्रतियोगिताका लागि छनोट पाउनेछन्।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।