मलेसियाका पूर्व प्रधानमन्त्रीले सल्लाह लिएको भए चुनाव नलड्न सुझाव दिन्थेँः माधव नेपाल

काठमाडौं,कात्तिक ९-
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदले फेरि निर्वाचनमा नउठेको भए राम्रो हुने बताएका छन्। एक टेलिभिजन अन्तरवार्तामा कुरा गर्दै अध्यक्ष नेपालले महाथिरले आफूसँग सल्लाह गरेको भए चुनावमा नउठ्न सुझाव दिने उनको भनाइ छ।
आधुनिक मलेसियाका निर्माता महाथिरको सन् २०२२ को चुनावमा जमानत जफत भएको थियो। २२ वर्ष मलेसियाको सत्ताको नेतृत्व गरेका महाथिरले मलेशियालाई समृद्ध बनाए। उनी सन् १९८१ देखि २२ वर्षसम्म मलेसियाको प्रधानमन्त्री रहेका थिए। उनले सन् २००३ मा राजनीतिबाट आकस्मिक रूपमा सन्यासको घोषणा गरेका थिए। तर देशमा वानएमडीबी भ्रष्टाचार काण्ड घटेपछि उनी पुनः राजनीतिमा फर्किएका थिए। सन् २०१८ मा उनी ९३ वर्षको उमेरमा पुनः देशको प्रधानमन्त्री बनेका थिए।
झण्डै एक घण्टाको अन्तरवार्तामा अध्यक्ष नेपालले अधिकांश समय प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरिरहे। उनले मलाइ प्रधानमन्त्री बनाइदेउ भनेर कसैलाई नभनेको जिकिर गरे। नेता नेपाललाई राजतन्त्रको समयमा आफूलाई प्रधानमन्त्री बनाइपाउँ भन्दै पत्र लेखेको आरोप लागिरहेको छ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।