सहकारी प्रकरणमा चर हर्ब्स इन्टरनेश्नलका सञ्चालक खनाल पक्राउ

काठमाडौं, कात्तिक ९-

सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा प्रहरीले नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक रामबहादुर खनाललाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले तनहुँको बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाललाई पक्राउ गरेको हो। उनी गोरखा ग्रुप अफ कम्पनी लिमिटडमा पनि शेयरधनी छन् ।

सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार, उनलाई काठमाडौंको पानीपोखरीबाट पक्राउ गरिएको हो । उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय , कास्कीमा पठाइएको बोगटीले बताएका छन् ।

सहकारीको रकम नेचर हर्ब्समा पनि ल्याएको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै संस्थाका मुख्य सञ्चालक जिबी राई हुन् ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button