पुर्कोट सेवा समाज कतार द्धारा एम्बुलेन्स सहयोग

तनँहु जिल्लामा रहेको पुर्कोट गाउँमा एम्बुलेन्स सेवा सुचारु भएको छ । कतारमा कार्यरत पुर्कोट बासीहरुको समुह पुर्कोट सेवा समाज बाट पुर्कोट गा.वि.स मा एम्बुलेन्स सहयोग भएको हो साथै एम्बुलेन्स सेवा ले पुर्कोट गा.वि.स तथा वरपर को गा.वि.स मा आपत्कालीन अवस्थामा सहयोग पुग्ने आशा गरिएको छ । एम्बुलेन्स पुर्कोट गा.वि.स का मान्यजन तथा पुकार्टे सेवा समाज पुर्कोट तनँहु बाट १३ जनवरीका दिन उद्घाटन गरिएको थियो ।

यसै बिच कतारमा पुर्कोट सेवा समाजले नियमित मासिक बैठक बसी एम्बुलेन्स संचालनमा आएको जानकारी गराएको छ । समाजका अध्यक्ष रेशम तामाङ्ग तथा संरक्षक भरत बगाले को उपस्थितीमा बसेको बैठक मा लामो समयको मेहनत पश्चात संचालनमा आएको एम्बुलेनस सेवा प्रति खुशी आदान प्रदान भएको थियो । साथै यस सपनालाई पुरा गर्न आवद्ध संघ,संस्थातथा अन्य सहयोगी हात हरुलाई समाजले हृदय देखि नै धन्यवाद ज्ञापन समेत गरेको छ ।



अरु धेरै  समाचारका लागि तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोश ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button