धनपतिको फष्टलुक पोष्टर यस्तो : कतारमा पनि चल्ने

पशुपति प्रसाद जस्तो उत्कृष्ट कथामा फिल्म बनाएका निर्देशक दीपेन्द्र के. खनाल र कलाकार खगेन्द्र लामिछानेको टिमअपमा बनेको दोश्रो फिल्म धनपतिको फष्टलुक पोष्टर रिलिज भएको छ । युट्यूबमा मोसन पोष्टर सहित स्टील फोटोमा समेत सार्वजनिक गरिएको पोष्टरमा मुख्य अभिनेता खगेन्द्र र हिरोईन सुरक्षा पन्तका साथ एक बच्चालाई साईकलसंग फिचर गर्दै एउटा गरिव परिवारको कथा भन्न खोजिएको देखिन्छ ।
कतारमा पनि चल्ने
‘राजनीतिक विरासत बोकेको सानाकाजी उर्फ धनपती (खगेन्द) द्वन्द्वको चपेटामा परी पूर्वी तराईबाट राजधानी आएर बसेको छ । गर्जो टार्नका लागि सानो रेष्टुरेन्टमा काम गर्ने अलावा उस“ग अन्य आयस्रोत छैन । इमान बेच्न नचाहने स्वाभिमानी छ । छोरीलाई बोर्डिङ स्कुलमा पढाउन चाहन्छ । फिल्मको मुख्य पात्र धनपति के शहरमा स्वाभिमानको जिन्दगी बा“च्न पाउला ? सक्ला ? वा के कस्ता बाध्यता आईपर्लान् ?’ फिल्मको मुख्य स्टोरी लाईन सार्वजनिक प्रेस रिलिजमा पनि खोलिएको छ ।
खगेन्द्र लामिछाने र सुरक्षा पन्तका अलावना फिल्ममा आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवी गिरी, कमल देवकोटा र पशुपति प्रसादकै मित बा प्रकाश घिमिरे यो फिल्मका अन्य कलाकार हुन । फिल्मको रिलिज मिति आउँदो असार २३ गतेका लागि तय गरिएको छ । कतारमा यस अगी लूट २, जात्रा जस्तो चलचित्र देखाइसकेको “कस्तो राम्रो” ईवेन्ट्सले ईद पछी ७ वा १४ जुलाईमा धनपती प्रदर्शन गर्नेछ।
यो फिल्मलाई रोजिना सिटौला, ओम गुरुङ, रजना नापित र समिर देवकोटाले संयूक्त रुपमा मिलेर बनाएका हुन ।