चितवनमा बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा चार जनाको मृत्यु

चितवन, कात्तिक २३-

नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महनगरपालिका–२९ सत्रकिलोमा आज बिहान ३ बजेको समयमा बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ ।

मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बागमती प्रदेश०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००१ ख २८१२ नम्बरको बस एक आपसमा ठक्कर खाँदा चार जनाको मृत्यु भएको चितवन प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए ।

हायसमा सवार गोर्खा आरुघाट–१ मान्बु बस्ने वर्ष ४० का राज बहादुर गुरुङ, नामथर वतन नखुलेकी अन्दाजी ४० वर्षकी एक महिला, अन्दाजी ३०–३५ वर्षका दुई पुरुषको मृत्यु भएको हो ।

सो दुर्घटनामा अन्य चार जना घाइते भएकोमा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । बस चालक मकवानपुर हेटौडा उपमहानगरपालिका–९ बस्ने बर्ष ४४ को सुर्य बिक्रम बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button