जब सडकमा रास्वपाले सुशासनका नारा घन्काउन थाले,त्यसपछि बालुवाटारका भित्ता थरर काम्न थालेः हरि ढकाल

काठमाडौँ, कात्तिक ३-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हरि ढकालले सडकमा रास्वपाले सुशासनको नारा घन्काउन थालेपछि बालुवाटारका भित्ताहरू काम्न थालेको दाबी गरेका छन्।
शनिबार पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि आयोजना गरिएको प्रदर्शनको सभालाई सम्बोधन गर्ने क्रममा उनले ३४ वर्षसम्म रजगज गरेका मारवाडीका दलालहरूलाहरू थरथर काम्न थालेकोदेखि राति निदाउनै छाडेको सम्म बताए।
‘जब सडकमा रास्वपाका शुभेच्छुकहरूले सुशासनका नारा घन्काउन थाले, त्यसपछि बालुवाटारका भित्ताहरू थरर काम्न थाले,’ सांसद ढकालले भने, ‘३४ वर्षसम्म रजगज गर्न पल्किएका मारवडीका दलालहरू थरथर काम्न थाले। अवैध चन्दा असुली गरेर कार्यकर्ता पाल्ने पल्केकाहरू, जब युवा जागृत हुन थाले थर्कमान हुन थालेका छन्।’
उनले राज्यसत्ताको चरम दुरुपयोग गरेर सभापति लामिछानेलाई पक्राउ गरिएको दाबी गरे। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार रविलाई पक्राउ गरेको थियो।
राति नै स्थलमार्गबाट पोखरा पुर्याएर प्रहरीले अहिले उनलाई हिरासतमा राखेको छ। प्रहरी हिरासतमा रवि पुग्नुअघि नै समर्थकहरू प्रहरी कार्यालय अगाडि विरोध प्रदर्शनमा उत्रिसकेका थिए।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।