जाडो आईतबार सम्म

कतारमा हिजो देखि भईरहेको जाडो अझ बढ्ने जनाईएको छ । उच्च सिबेरियन चाप संगै कडा हावाहुरी को कारणले गर्दा तापक्रम ९ डिग्री सम्म झर्ने अनुमान गरिएको छ ।
कतारको मौसम पुर्वानुमान शाखाको अनुसार आईतबार सम्म मौसम बदली भई कडा हावाहुरी संगै धुलो रहनेछ । रातमा झन जाडो बढ्ने तथा दृश्यता २ कि.मी भन्दा कम रहनेछ । साथै यस समयमा कुनैपनि समुन्द्री क्रियाकलाप नगर्न सबैमा सावधान समेत गरिएको छ ।
आज देशको विभिन्न भागमा न्यूनतम तापक्रम ११ डिग्री तथा उच्चतम तापक्रम १९ डिग्री मापन गरिएको छ ।
कतारका अरु धेरै समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो