रवि लामिछाने पक्राउ गरेर आफ्नो दलका भ्रष्ट जोगाएः माओवादी नेता तामाङ

काठमाडौँ, कात्तिक १०-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गरेर कांग्रेस एमालेले आफ्नो दलका भ्रष्टहरूको संरक्षण गरेर माओवादी केन्द्रका स्थायी कमिटी सदस्य परशुराम तामाङले बताएका छन् ।

शनिवार माओवादी केन्द्रले काठमाडौँमा गरेको खबरदारी सभामा बोल्दै उनले असोज ११ र १२ गते आएको बाढी पहिरोको घटनामा सरकार लाचार बनेको बताउँदै यो सरकार घुम्न र भोज खान व्यस्त भएको बताए । देशलाई आपत् पर्दा केपी ओली अमेरिका भ्रमणमा मस्त भएको उल्लेख गर्दै जनताप्रति उत्तरदायी नभएको बताए ।

उनले प्रधानमन्त्री ओलीलाई नैतिकताको आधारमा राजीनामा गर्न आग्रह गरे । नेता तामाङले सरकारले नैतिक धरातल गुमाएको, मुद्दा चलेको व्यापारीबाट अरबौँ घुस लिएको भन्दै आपत्ति जनाए । उनले संविधान संशोधन गर्ने हिम्मत भए स्थायी सरकारका लागि कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्न आँट गर्न चुनौती दिए ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button