मास्क नलगाउने १०९ जनालाई कारबाही

आन्तरिक मन्त्रालयले आज सार्वजनिक स्थलमा मास्क नलगाई हिड्ने थप १०९ जनालाई कारबाही गरेको छ । सवारीमा चार जना भन्दा बढी बस्ने तर्फ भने आज कोहि कारबाहीमा परेका छैनन् ।
हालसम्म मास्क नलागाउने ४,८७४ जना पक्राउ परिसकेका छन् । त्यस्तै निजि सवारीमा बढी ४ जना भन्दा बस्ने २७७ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुको राष्ट्रियता भने मन्त्रालयले खुलाएको छैन ।
संक्रामक रोग सम्बन्धी मन्त्रिपरिषद्को निर्णय र १९९० को कानून नं १७ बमोजिम कोरोनाभाइरसको फैलावट सीमित राख्नको लागि अनिवार्य रहेको रोकथाम र सावधानीका नियम उल्लङ्घन गरेको आरोपमा अधिकारीहरूले आज जम्मा १०९ जना लाई सार्वजनिक अभियोजनको मुद्दा चालाईएको , “मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । जारी कानून उल्लङ्घन गर्नेलाई तीन वर्षको जेल सजाय वा दुई लाख रियाल सम्मको जरिवाना हुन सक्दछ।
कोरोनाभाइरसको फैलावट रोक्न सावधानी तथा रोकथामकारी निर्णयहरूको पालना गर्न मन्त्रालयले सम्पूर्ण नागरिकलाई आग्रह गर्दै आइरहेको छ ।