कम्पनीबाट १५ हजार रियाल पुरस्कार

निर्माणाधीन क्षेत्रको नासेर अल अलि इन्टरप्राइजेज कम्पनीमा कार्यरत तीन नेपाली पन्ध्र हजार रियाल सहित पुरस्कृत भएका छन्।कम्पनीमा काम गर्न थालेको १० वर्ष पूरा भएको अवसरमा ती कामदारहरुले नगद पुरस्कार पाएका हुन्।पुरस्कार पाउनेमा चन्द्र बहादुर थापा,उद्धव खत्री र प्रेम कुमार राई रहेका छन्।

संखुवासभाका चन्द्र बहादुर थापा सो कम्पनीमा दुई वर्ष मात्र काम गर्ने हिसाबले पेन्टरको पदमा कतार आएका थिए।पछि उनी स्काफफोल्डिङ टिममा सामेल भए र काम गर्दै जाँदा दशक बिताए।उनको घरमा दुई छोरा,श्रीमती र बुवा आमा छन्।पुरस्कार पाएको रकमले दुई छोराको पढाइमा खर्च गर्ने सोच उनले बनाएका छन्।

त्यस्तै पुरस्कार पाउने अर्का नेपाली ओखलढुङ्गा निवासी उद्धव खत्री कार्पेन्टरको रुपमा सो कम्पनीमा आएका थिए।अहिले उनी अरूलाई काम सिकाउने भइसकेका छन्।आफ्नो दस वर्षे कतार बसाई बाट उनले जमीन जोड्न सफल भएको बताउँछन्।थापा जस्तै उनले पनि पुरस्कार पाएको रकम आफ्नो दुई छोरीको पढाइमा खर्च गर्ने बताएका छन्।

खोटाङ जिल्ला घर भएका प्रेम कुमार राई उक्त कम्पनीमा कार्पेन्टरको रुपमा आएका थिए।दस वर्ष बितिसक्दा उनी अहिले फोरम्यान बनिसकेका छन्।उनको निगरानीमा अहिले ५० भन्दा बढी कामदारले काम गर्दैछन्।पुरस्कार पाएको रकमले उनले थप जग्गा जोड्ने बताएका छन्।

बिज्ञापन : कतारमा नेपाली चलचित्र शत्रु गते

करिब ९० प्रतिशत ‌‍बन्दा बढी नेपाली कामदार भएको यस कम्पनीले कामदारलाई विगत देखी नै आवश्यक सहयोग प्रदान गर्दै आईरहेको छ।कम्पनीले उत्कृष्ट कामदारलाई सुनको सिक्का समेत प्रदान गर्दै आइरहेको छ। कम्पनीका प्रमुख अलीले यसअघि भुकम्पमा क्षति पुगेका नेपाली कामदारहरूको घर निर्माण,विकास तथा सामाजिक क्षेत्रमा सहयोग, पिछडिएका र असहाय बालबालिकाको शिक्षामा योगदान समेत गर्दै आईरहेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button