जनवरी ५ मा जिसिसी सम्मेलन हुने

साउदी अरेबियाका राजा सलमान अल सउदले ४१ औं वार्षिक शिखर सम्मेलनमा संगठनका सम्पूर्ण प्रमुखलाई औपचारिक रुपमा आमन्त्रित गर्न गल्फ सहयोग परिषद (जिसिसी)का महासचिवलाई निर्देशन दिएका छन् ।

खाडी समस्या अन्त गर्न बहुप्रत्याशित सम्मेलन जनवरी ५ मा साउदीको राजधानी रियादमा हुने निधो गरिएको छ ।

खाडी देशका प्रमुखहरुले वार्षिक रूपमा शिखर सम्मेलन गर्ने प्रतिबद्धताले विशेष गरी यो अपवादात्मक समयमा जीसीसीको एकता, खाडी जनताप्रति आफ्नो कर्तव्य र एकअर्का प्रति विश्वास र बढ्दो सहयोगप्रति उनीहरूको समर्पणको प्रमाणलाई देखाएको छ, “जीसीसीका महासचिव नायफ फलाह अल-हज्राफले एक विज्ञप्ति भनेका छन् ।

सदस्य राष्ट्रहरू बीचको व्यापार तथा आर्थिक एकीकरणको लागि संस्थाको मिसन यसको इतिहासको कुनै समय भन्दा बढि प्रासंगिक छ । जीसीसी खाडी जनताको महत्वाकांक्षा पूरा गर्न, सदस्य राष्ट्रहरू र अन्तर्राष्ट्रिय समुदायबीचको बढ्दो एकीकरण, परस्पर सम्बन्ध संगै व्यापारमा केन्द्रित रहेको जारी विज्ञप्तिमा लेखिएको छ ।

खाडी संकटको सम्भावित अन्त्य

भूराजनीतिक पक्षमा खाडी देशहरूले कतारमा अवैध नाकाबन्दी फुकाउने सम्झौतालाई अन्तिम रुप दिन तयार भएको कुवेती मिडियाले यसै महिनाको सुरूमा रिपोर्ट गरेको थियो ।

त्यहाँको एक वरिष्ठ अधिकारीका अनुसार ४१ औं जिसिसी  शिखर सम्मेलनमा सबै देशको प्रमुखलाई भेला गराई अन्तिम सम्झौतामा पुग्ने लक्ष्यसहित वार्ता भइरहेको छ ।

सन् २०१७ देखि साउदी अरेबिया, युएई, बहराइन र इजिप्टले कतारमाथि अवैध हवाई, भूमि र समुद्री नाकाबन्दी लगाएको थियो । आतंकवादलाई समर्थन गरेको भन्दै ती देशहरु दोहासंग चिढिएका थिए । तर यसै महिनामा समस्या अन्त्य गर्ने उल्लेखनिय प्रयासहरु देखिरहेका छन् ।

डिसेम्बर ८ मा साउदी र कुवेतबिच भएको वार्ता पछि लामो मौनतामा बसेको इजिप्ट र युएईका अधिकारीहरूले विवाद अन्त्य गर्न उक्त प्रयासको स्वागत गरेका छन् । यद्यपि केही डुङ्गा र जहाजले बिना जानकारी आफ्नो नाका पार गरेको घटनासंगै कतार र बहराइन बिचको सम्बन्ध यतिबेला केही चिसिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button