सहकारी पीडितको नेतृत्व अब हामी गर्छौं: विराजभक्त श्रेष्ठ

काठमाडौँ, कात्तिक ३-

पूर्वमन्त्री समेत रहेका सांसद विराजभक्त श्रेष्ठले वास्तविक सहकारी पीडितको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्ने बताएका छन् । पोखरामा भएको विरोध प्रदर्शनमा बोल्दै रास्वपाका नेता समेत रहेका श्रेष्ठले सहकारी पीडितको रकम फिर्ता गराउन सरकारलाई दबाब दिइरहने उल्लेख गरे ।

उनले अरू दलले जस्तो ढुङ्गा हान्ने, सडक अवरुद्ध गर्ने, आगो बाल्ने, जनतालाई दुःख दिनेगरी आन्दोलन नगर्ने बताउँदै अरू दल र रास्वपामा फरक रहेको बताए । आन्दोलनमा नक्कली सहकारी पीडित घुसेर बिथोल्न आउने सूचना पाए पनि रास्वपाले शान्तिपूर्ण आन्दोलन गर्ने भएपछि उनीहरू पछि हटेको उल्लेख गरे । गुमाउन केही चिज पनि बाँकी नभएकोसँग राज्यसत्ता डराउनु नपर्ने श्रेष्ठले बताए ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button