इङल्याण्डका बेनकेन्स्टाईन चितवन राइनोजमा आवद्ध

चितवन, कार्तिक ११–

चितवन राइनोजले दोस्रो विदेशी खेलाडीको रुपमा इङ्लिस युवा अलराउन्डर ल्यूक मार्टिन बेनकेन्स्टाईनलाई अनुबन्ध गरेको छ । बेनकेन्स्टाईनले मंसिर १५ बाट काठमाडौंमा हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपिएलमा) चितवनबाट खेल्ने छन् ।

यसअघि चितवन राइनोजले दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मर्रस्यंट डी ल्यांगलाई अनुबन्ध गरेको थियो ।जनवरीमा भएको यु–१९ विश्वकपमा १९ वर्षीया बेनकेन्स्टाईनले इङ्ल्यान्डको उपकप्तानको जिम्मेवारी सम्हालेका थिए । ब्याटिङ र बलिङ दुवैमा निपुर्ण बेनकेन्स्टाईनले १७ वर्षको उमेरमा एसेक्सबाट काउन्टी क्रिकेटमा ६–४२ को कीर्तिमान राखेका थिए । त्यस्तै, सन् २०२२ मा ग्वादर शार्क्सलाई पाकिस्तान सुपर लिग (पिएसएल)को फाइनलमा पुर्‍याउन उनले ३७ बलमा ७१ रनको योगदान दिएका थिए ।

बेनकेन्स्टाईन आफ्नो परिवारबाट तेस्रो पुस्ताका क्रिकेटर हुन् । उनका बुबा डेल बेन्केन्स्टाईनले दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेका थिए भने उनका हजुरबुवा मार्टिन बेन्केन्स्टाईनले जिम्बाब्वे (पहिले रोडेसिया भनेर चिनिन्थ्यो) को प्रतिनिधित्व गरेका थिए । त्यस्तै, उनका काका ब्रेट र बोयडले पनि व्यावसायिक क्रिकेट खेल्थे ।

चितवन राइनोजको प्रतिनिधित्व गर्न आफू आतुर रहेको बेनकेन्स्टाईनले बताएका छन् । ‘नेपाली समर्थकले सिर्जना गर्न सक्ने वातावरण जुनसुकै खेलाडीलाई लोभ्याउने खालको छ । मेरो करियरको यो चरणमा सही किसिमको चुनौती हो । म चितवन राइनोजको प्रतिनिधित्व गर्न र आफ्नो प्रदर्शन देखाउन आतुर छु,’ उनले भनेका छन्।

चितवन राइनोजका प्रबन्ध निर्देशक आयुष न्यौपानले उनको आगमनले लिगमा उर्जा थपिने विश्वास व्यक्त गरे । ‘उनले जुन ऊर्जा ल्याउन सक्छन् र नेपाली समर्थकलाई मनोरञ्जन दिन सक्छन्, त्यसले नेपाल प्रिमियर लिगलाई थप उज्यालो बनाउनेछ,’ उनले भनेका छन् ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button