नेपाल भारतबीचको अवरुद्ध खेल सुरु, नेपालले फर्कायो बराबरी गोल

काठमाडौं, कात्तिक ११-

साफ वुमन्स च्याम्पियनसिपमा नेपाल र भारतबीचको अवरुद्ध खेल पुनः सुरु भएको छ । खेल सुरुभएलगत्तै नेपाली खेलाडी सावित्रा भण्डारीले गोल गरेकी छन् । खेल १ – को स्थितिमा पुगेको छ ।

यसअघि ६४ औं मिनेटमा भारत १–० ले अघि रहेको स्थितिबाट सुरु भएको थियो । भारतले गोल गर्नेवित्तिकै नेपालले पनि गोल गरेको थियो । तर त्यतिबेला भारतीय खेलाडीहरु गोलको खुशी मनाइरहेका कारण गोलकिपर र खेलाडीहरु मैदानमा थिएनन् ।

त्यसैले नेपालकी प्रिती राईले गरेको प्रहार सिधै भारतको पोस्टमा छिरेको थियो । तर रेफ्रीले उक्त गोललाई मान्यता नदिएपछि नेपालले खेल नखेल्ने अडान लिएको थियो । नेपाली खेलाडीहरुले खेल्न नमान्दा १ घण्टा ६ मिनेट खेल अवरुद्ध भएको थियो ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button