साफ माहिला च्याम्पियनसिपः तनावका कारण रोकिएको खेल अझै सुरु हुन सकेन

काठमाडौँ कार्तिक ११-

साफ माहिला च्याम्पियनसिप–२०२४ अन्तर्गत नेपाल र भारतबीचको सेमिफाइनलमा विवाद भएपछि खेल रोकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दोस्रो हाफमा भारतले गोल गरेर अग्रता लिएको थियो । रेफ्रीको आदेशपछि लगत्तै खेल सुरु हुँदा नेपालले फर्काएको गोललाई मान्यता दिनेरनदिने भन्ने विषयमा विवाद भएको हो ।

नेपाली दर्शकले केहीबेर नाराबाजीसमेत गरेका छन् । रेफ्रीले निर्णय दिन नसक्दा यो समाचार तयार पार्दासम्म खेल सुरू हुन सकेको छैन । निर्णायकहरु अहिले कसरी खेललाई अगाडि बढाउने भन्नेमा छलफल गरिरहेका छन् ।

नेपाल १० खेलाडीमा सीमित बनेको छ । नेपालकी रेखा पौडेलले रातो कार्ड पाएपछि मैदान छोड्नु परेको छ । खेलको ५१औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि उनले मैदान छोड्नु परेको हो । रेखाले रातो कार्ड पाएपछि नेपाली दर्शकहरुले केहीबेर नाराबाजी गरेका थिए । यसअघि दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए ।

निर्धारित ४५ मिनेट तथा अतिरिक्त तीन मिनेटको समयमा पनि नेपाल र भारतले गोल गर्न सकेन । पहिलो हाफमा भारतले नेपालमाथि दबाब बनाइराख्दा नेपाल गोल गर्नबाट चुक्यो । नेपाल र भारत दुवैले केही उत्कृष्ट अवसर प्राप्त गरेपनि गोल गर्न भने सकेनन् ।

नेपालले समूह ‘बी’को विजेताका रुपमा सेमिफाइनलमा भारतसँग खेल्ने तय गरेको हो । भारत समूह ‘ए’ को उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।

दशरथ रंगशालामा नै आज दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ गोलअन्तरले पराजित गर्दै फाइनलका लागि स्थान बनाएको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button