बालुवाटारमा भोलि बृहत प्रदर्शन गर्दै रास्वपा

काठमाडौं, कात्तिक १२-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि बालुवाटारमा वृहत् प्रदर्शन गर्ने भएको छ । भोलि दिउँसो १२ बजे बालुवाटारमा वृहत् प्रदर्शन गर्ने पार्टीले जानकारी दिएको हो ।

सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले प्रदर्शन गर्दै आएको छ ।

‘अधिनायकवादी दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न’ मंगलबार बालुवाटारमा प्रदर्शन गरिने रास्वपा नेता मनिष झाले जानकारी दिए ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button