डोटीको पूर्वीचौकी गाउँपालिका-६मा कांग्रेसका मोहन थापा विजयी

डोटी, मंसिर १६-

डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा नेपाली कांग्रेसका उम्मेदवार मोहन थापा विजयी भएका छन् । थापाले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका देवबहादुर थापालाई १६७ मतले पछि पार्दै विजयी भएका हुन् । मोहनले ४६८ मत पाउदा देवबहादुरले ३०१ मतमै चित्त बुझाउनु पर्यो । २०७४ सालको निर्वाचनमा सोही पदमा देवबहादुरले मोहनलाइ हराएका थिए ।

चुनावी मैदानमा रहेका रास्वपाका उम्मेदवार जानकी खड्का कुँवरले ३१ र माओवादीका देवीलाल थापाले २६ मत प्राप्त गरे । १५९३ मतदाता रहेको यस वडामा ८३९ मत खसेको थियो। १३ मत बदर भएका छन् ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button