६३ हजार बढीले हेरे कतार र युएईबिचको खेल

अरब कप प्रतियोगिताको क्वाटरफाइनल अन्तर्गत कतार र युएईबीचको खेल ६३,४३९ जना दर्शकले हेरेका छन् ।
अल बायत रंगशालामा हिजो राती भएको खेलमा कतारले युएईमाथी शानदार जित हात परेको छ । खेलको सुरुवात देखि दबाबमा राखेको कतारले पहिलो हाफमा नै ५ – ० को नतिजा निकालेको थियो ।
कतारको जितको लागि कतारका लागि अक्रम अफिफको प्रयासमा युएई तर्फ खेलको छैठौं मिनेटमा आत्मघाती गोल भएको थियो । त्यसपछि अल्मोएज अली (२७, ४५+३’), बोउलेम खाउखी (३६’) र अब्दुल अजिज हातम (४४’)ले गोल गरेका थिए ।
कतारले अब प्रतियोगिताकै दाबेदार मानिएका मोरोक्को र अल्जेरियाबीच खेलको विजेता संग १५ डिसेम्बरको दिन अल थुमामा रंगशालामा खेल्नेछ ।
हिजो नै भएको पहिलो क्वाटरफाइनल खेलमा टुनिसियाले ओमानलाई २ -१ ले हराएको छ ।
क्वाटरफाइनलको तेस्रो र चौथो खेलमा आज बेलुका ६ बजे इजिप्ट र जोर्डन र राती १० बजे मोरोक्को र अल्जेरिया सेमिफाइनलका लागि भिड्दैछन् ।
One Comment