एमाले महासचिव शंकर पोख्रेल आज चितवन आउँदै, शुभकामना कार्यक्रमलाई सम्बोधन गर्ने

चितवन, कार्तिक १३–

नेकपा (एमाले)का महासचिव शंकर पोख्रेल आज चितवन आउँदै छन्। एमाले चितवनद्वारा आयोजित नेपालीहरुको महान् पर्व विजया दशमी, तिहार, नेपाल सम्वत् एवम् छठ पर्वको अवसरमा आयोजना हुन गइरहेको शुभकामना आदान–प्रदान कार्यक्रमका लागि महासचिव पोख्रेल चितवन आउन लागेका हुन् ।

आज बिहान ११ बजेबाट सुरु हुने कार्यक्रमलाई महासचिव पोख्रेलले सम्बोधन गर्ने एमाले चितवनका अध्यक्ष कमलराज पाठकले जानकारी दिए । शुभकामना कार्यक्रम एमाले चितवनको जिल्ला पार्टी कार्यालयमा हुने छ ।

नेकपा (एमाले) चितवनले हरेक वर्ष शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गर्ने गरेको छ । दशैं अगाडि बाढी पहिरोले देश शोकमा डुबेका कारण एमालेले शुभकामना कार्यक्रम गरेको थिएन । अहिले दशैंपछि गर्न लागिएको अध्यक्ष पाठकले जानकारी दिए ।

उनले शुभकामना कार्यक्रममा उपस्थित हुन सबैलाई आग्रह गरेका छन् ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button