रास्वपालाई लिङदेनले भने– हावादारी पार्टी, फेदटुप्पो के हो ?

काठमाडौं,कात्तिक १३-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आउँदो उपनिर्वाचनमा मतदाताले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पराजित गर्नुपर्ने बताएका छन् । तीनै ठूला पार्टी भ्रष्ट भएको र देशलाई बर्बाद बनाएको भन्दै उनले उपनिर्वाचनमा ती दललाई पराजित गर्नुपर्नेमा जोड दिए ।

पार्टीको कीर्तिपुर नगर कमिटीले मंगलबार आयोजना गरेको एक कार्यक्रममा उनले ठूला दललाई उपनिर्वाचनमा मत दिएर देशलाई बर्बाद बनाउने कार्यमा सहभागी हुन नहुने टिप्पणी गरे । उनले भने, “देश यत्रो बर्बाद भयो, अनि यो बर्बादीमा आफैँ सहभागी हुने ?” अध्यक्ष लिङदेनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई हावादारी पार्टीको संज्ञा दिए । रास्वपासँग देशलाई अघि बढाउने कुनै योजना नभएको उनले जिकिर गरे । “अर्को कुनै हावादारी आएर कुनै योजना पनि छैन । उसको फेद के हो, टुप्पो के हो – केही पनि थाहा छैन,” उनले भने, “कुनै अनुभव पनि छैन । भोलि उसले जित्यो भने के गर्छ त्यो पनि थाहा छैन । त्यसै विकल्प भनेर हावामा भोट दिएर फेरि बाँकी समय बर्बाद गर्ने ?”

आफ्नो पार्टी मात्र सुशासनको पक्षधर रहेको भन्दै उनले जनताले उपनिर्वाचनमा साथ दिने विश्वास व्यक्त गरे । उनले भने, “यो उपनिर्वाचनमा राप्रपाले नजितेर कसले जित्छ त ! राप्रपालाई भेट नदिएर त्यही कांग्रेसलाई दिने ? त्यही एमालेलाई दिने ? त्यही माओवादीलाई भोट दिने ?”

आफ्नो पार्टीले जितेका स्थानीय तहले नमुनायोग्य काम गरेको भन्दै उनले उपनिर्वाचनमा जनताले साथ दिने बताए । “देखेको, जानेको पार्टीको हिसाबले पनि म फेरि पनि भन्छु– नेपालको राजनीतिमा राप्रपाबाहेक भ्रष्टाचारको विरोधी, सुशासनको पक्षधर पार्टी कुन छ ? भन्नुस्,” उनले भने । न्युज एजेन्सी नेपाल

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button