विदेशबाट ८ तोला काँचो सुन लान पाउने

वैदेशिक रोजगारीबाट घर फर्कनेले एक सय ग्राम काँचो सुन लिएर आउन पाउने भएका छन् ।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आज नेपालको बजेट सार्वजनिक गर्दै वैदेशिक रोजगारीबाट नेपाल फर्कने लाई एक सय ग्रामसम्म काँचो सुन लिएर आउन पाउने घोषणा गर्नुभएको हो तर १०० ग्राम सुन लादा भने कर तिर्नुपर्ने हुन्छ।
आर्थिक वर्ष २०७५/७६ को बजेटमा विदेशबाट १ सय ग्रामसम्म सुन ल्याउन पाइने उल्लेख थियो।यसअघि एक तोला पनि काँचो सुन ल्याउन नपाउने व्यवस्था संशोधन गरेर सरकारले आगामी आर्थिक वर्षदेखि भन्सार तिरेर १ सय ग्रामसम्म सुन ल्याउन पाउने व्यवस्था गरेको आजको उज्यालो अनलाइनमा समाचार छ ।

‘मलाइ राष्ट्र बैंकमा छँदा पनि सुनले छाडेन, अहिले पनि नछाड्ने भयो’, अर्थमन्त्रालयमा भएको पत्रकार सम्मेलनमा पटक–पटक हँसाएका मन्त्री खतिवडाले भन्नुभयो, ‘अहिले एक तोला सुन ल्याउन पनि प्रतिबन्धित छ, कसैले ल्यायो भने भन्सार तिरेर म उकास्छु भन्न पाउँदैन, उल्टो जेल जानुपर्छ, तर अब कुनै नागरिकले झुक्किएर १ सय ग्रामसम्म सुन ल्यायो भने भन्सार तिरेर सुन लिएर जाओस भनेर यो व्यवस्था गरिएको हो, भन्सार तिर्न पर्दैन भन्ने होइन, भन्सार तिर्नलाई छुट दिइएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button