रविलाई जस्तै आरोप लागेका कांग्रेस एमालेका नेतालाई सरकारले बचाइरहेको छ: स्वर्णिम वाग्ले

काठमाडौं, कात्तिक १३-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले रवि लामिछानेलाई जस्तै आरोप लागेका कांग्रेस एमालेका नेताहरुलाई सरकारले उन्मुक्ति दिएको आरोप लगाएका छन् । बालुवाटारमा जारी प्रदर्शनलाई सम्बोधन गर्दै रवि लामिछानेलाई हिरासतमा राख्नुपर्ने कुनै कारण नभएको दाबी गरे ।

उनले भने, ‘सरकारले प्रतिशोध राखेको भन्ने पुष्टी भइसकेको छ । त्यसको प्रतिवाद गरेका छौं । उहाँलाई जस्तै आरोप लागेको कांग्रेसका उपसभापति धनराज गुरुङ, एमालेका नेता ऋषिकेश पोखरेललाई पनि आरोप लागेको छ । तर, उहाँहरुलाई सत्ताले बचाइराखेको छ । जीबी राईका सल्लाहकार त अहिले राष्ट्रपतिका सल्लाहकार छन् ।’

रवि लामिछानेलाई जस्तै आरोप लागेकाहरू सजिलै हिँडिरहेका भन्दै सत्ताको आडमा उन्मुक्ति दिन खोजे अस्वीकार्य हुने बताए ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button