कतारमा मंकिपक्स भाइरस देखिएको छैन : स्वास्थ्य मन्त्रालय

कतारमा अहिलेसम्म मंकिपक्स भाइरस नदेखिएको यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
भाइरस देखापरे सम्भावित फैलावटलाई रोक्न आवश्यक स्वास्थ्य उपायका साथ मन्त्रालय तयारी अवस्थामा रहेको मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।
झन्डै ६५ वर्षअघि पत्ता लागेको यो भाइरस अफ्रिका हुँदै अमेरिका, युरोप र अष्ट्रेलिया लगायत १३ देशमा देखिएको छ।
कोरोनाभाइरस जस्तो महामारी नभएपनि विश्व स्वास्थ्य संगठनले मंकिपक्सको फैलावटले जोखिम सिर्जना गर्न सक्ने हुँदा चनाखो हुनुपर्ने बताएको छ।