स्कटल्याण्ड विरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

काठमाडौं, कात्तिक १३-

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भइरहेको सिरिजमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । डालासस्थित ग्राण्ड प्रेरी मैदानमा हुने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

अमेरिका विरुद्ध खेलेको नेपाली टिममा आझ एक परिवर्तन गरिएको छ । स्पीनर ललित राजवंशीको स्थानमा स्पीन ब्याटिङ अलराउण्डर कुशल मल्ल पहिलो रोजाईँमा खेल्दैछन् । कुशल मल्लको आगमनले नेपालको ब्याटिङ तलसम्म हुनेछ ।

सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button