आज जनवरी १५ तारिख। सोमबार। माघ १ गते। माघ (मकर) संक्रान्ति।

अंग्रेजी मितिः इश्वी सन् २०१८ जनवरी १५ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल माघ १ गते। सोमबार। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– चतुर्दशी, २९:१४ बजेउप्रान्त औंसी। नक्षत्र– मूल, १७:०२ बजेउप्रान्त पूर्वाषाढा। योग– ध्रुव, ९:१३ बजेउप्रान्त व्याघात। करण– भद्रा, १६:०८ बजेदेखि शकुनि, २९:१४ बजेउप्रान्त चतुष्पद। आनन्दादिमा लुम्ब योग। चन्द्रराशि– धनु। माघ (मकर) संक्रान्ति। माघी पर्व।
दोहामा सूर्योदयः ०६:२१ बजे र दोहामा सूर्यास्तः १७:०४ बजे हुनेछ ।
राहुकालः ०७:४४ देखि १७:०० बजे सम्म । शुभ मुहूर्त : ०९:०४ देखि १०:२४ बजे सम्म
दोहा को मौसम
आजको उच्च तापक्रम २६ डिग्री र न्युनतम तापक्रम १४ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २७ रुपैंयाँ ८८ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ०४ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६५.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५५.०० कतारी रियाल रहेको थियो ।