संविधान संशोधन सबैको सहमतिमा हुन्छः वरिष्ठ उपाध्यक्ष पोखरेल

विराटनगर, कात्तिक १४-

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान संशोधन सबैको सहमतिमा हुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँगको भेटघाटमा वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान संशोधन कुन कुन विषयमा गर्ने भन्ने सम्बन्धमा वृहत छलफल गरिने उल्लेख गर्नुभयो । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानविन समितिको प्रतिवेदनका आधरमा कारबाही प्रक्रिया अघि बढाएको उहाँले बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, “संविधान संशोधन लोकतन्त्र सुदृढीकरणका लागि हो ।” मुलुक अप्ठ्यारो अवस्था तथा चरम शङ्कटमा पुग्दा वर्तमान सत्ता गठबन्धन बनेको उहाँको भनाइ थियो । रासस

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button