०८४ मा एमाले एक्लै बहुमत ल्याउने योजनामा छः युवराज ज्ञवाली

काठमाडौं,कात्तिक १४-

नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले पार्टी ०८४ पछि एक्लै बहुमतको सरकार बनाउने योजनामा रहेको बताएका छन् । बुधबार प्रज्ञा भवनमा आयोजित नेपाल कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार विषयक कार्यक्रममा उनले भने “एमाले त एक्लै बहुमत ल्याउने गरी हिडिराखेको छ । एक्लै बहुमत सरकार बनाउने योजना छ,” उनले भने, “०८४ सम्म कति सम्भव छ हेर्दैछौँ ।”

उनले कम्युनिस्ट पार्टीको बहुमत नल्याएसम्म काम नहुने बताए । तर, अहिले एमालेसँग अरु पार्टीहरूको एकता तत्कालका लागि सम्भव नभएको बताए । “तपाईंहरू र हामी (एमाले) बीचको एकता अहिले सम्भव छैन । एमालेले नेपाली कांग्रेससित सत्ता चलाइरहेको छ । राम्रो काम गर्न खोज्दैछौँ,” उनले भने, “तर, भविष्यमा एकताको परिस्थिति आउन सक्छ ।” उनले सम्भव भएका पार्टीहरू भने मिलेर जान सुझाव दिए । “जो–जो सम्भव हुन्छ । मिलेर जाने । समाजवादको आधार तयार गर्ने हो । चुनाव जितेर जाने हो,” ज्ञवालीले भने, “चुनावबाट अघि बढ्ने हो । कम्युनिस्टको बहुमत नआइ केही हुनेवाला छैन । कम्युनिस्टको बहुमत ल्याउन सबै मिलेर जाने हो ।”

उनले कम्युनिस्ट पार्टी सत्तामा गइसकेपछि कहाँ कमजोरी भएका छन् ती सच्याउन जरुरी रहेको बताए । कम्युनिस्ट प्रधानमन्त्री भएकाले बेला भएका काम राम्रो कामलाई हेर्नुपर्ने भनाइ उनको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button