बिज्ञापन

भिजिट भिसामा आफन्त कसरी ल्याउने ?

प्रक्रिया पुर्याएर कतारमा आफ्नो आफन्त सजिलै सङ ल्याउन पाइन्छ । त्यसका लागी तपाई कुनै स्पोन्सर अन्तर्गत कार्यरत भै श्रम कानून अनुसार मान्यता प्राप्त तपाई र कम्पनी बिच काम करार पत्रमा सहमती भएको हुनुपर्दछ । करार पत्रमा तपाइको कामको विवरण,कार्य समय,तलब लगायत अन्य उल्लेख गरिएको हुनुपर्छ ।

आवश्यक कागजात

  • फेमिलि भिसाको निवेदन दिन सर्वप्रथम तपाई सँग म्याद भएको वैध कतारी आईडी हुन जरुरी त भईहाल्यो । त्यसको कपी राख्नुहोस ।
  • कुनै टाइपिङ सेन्टरमा गएर भिसाको निवेदन फारम भर्नुहोस ।
  • कम्पनी बाट कम्तिमा तिन महिना सम्म म्याद भएको एनवोसि लेटर बनाउनुहोस।
  • कामको विवरण,कार्य समय,तलब लगायत अन्य उल्लेख गरिएको करार पत्र राख्नुहोस ।
  • स्वदेशको परराष्ट्र मन्त्रालय तथा कतारी दूतावास बाट प्रमाणित भएको शैक्षिक योग्यताको सर्टिफिकेट बनाउनुहोस। अंग्रेजीमा नभए उल्था गरिएको कागज मन्त्रालय र दूतावास बाट प्रमाणित गर्नुहोस। यो कतार बाट पनि गर्न सकिन्छ ।
  • नगरपालिका बाट प्रमाणित भएको घर भाडाको करार पत्र ( लिज कन्ट्रयाक्ट) तयार पार्नुहोस ।
  • आफ्नो नाममा आएको बिजुली तथा पानीको बिलको रशिद राख्नुहोस। बलदिया बाट प्रमाणित भएको घर भाडाको करार पत्र भए बिल तपाइँकै नाममा आउनेछ।
  • श्रीमतीको लागि मन्त्रालय र दूतावास बाट प्रमाणित  भएको बिबाह दर्ता प्रमाण पत्र। अंग्रेजीमा नभए उल्था गरी प्रमाणित गरिएको पत्र।
  • बच्चाको लागि मन्त्रालय र दूतावास बाट प्रमाणित  भएको जन्म दर्ता प्रमाण पत्र। अंग्रेजीमा नभए उल्था गरी प्रमाणित गरिएको पत्र।
  • मासिक १० हजार तलब भएको देखिने गरी ६ महिनाको बैंक स्टेटमेन्ट हुनपर्ने । कम्पनीले घर भाडा दिएको खण्डमा कम्तीमा ७ हजार तलब भएको हुनुपर्ने ।
  • श्रीमती / बच्चाको पासपोर्ट कपी ।
  • आफन्त ल्याउन मन्त्रालय र दूतावास बाट प्रमाणित  भएको ‘गुड कन्डक्ट’ सर्टिफिकेट ।

कहाँ बुझाउने ?

  • माथिको सबै कागजात जम्मा गरी नजिकैको अध्यागमन कार्यालयमा ( इमिग्रेसन अफिस) गएर बुझाउनु पर्नेछ । निवेदन बुझाउदा त्यसको नम्बर साथमा राख्नुहोला।
  • दुर्इ दिन पछि मन्त्रालयको वेबसाइटमा गएर भएको/ नभएको चेक गर्न सकिन्छ ।

भिसा स्वीकृत भएमा

  • भिसा प्रदान भएको खण्डमा निवेदकको फोनमा म्यासेज आउनेछ । त्यसका लागि आफ्नो फोनमा मेट्राश २ एप दर्ता गर्न जरुरी छ । त्यसपछि नजिकैको सेवा कार्यलयमा गएर पैसा बुझाउनु पर्नेछ ।

 

भिसा स्वीकृत नभएको खण्डमा

  • अध्यागमन कार्यालयमा गएर भिसा स्वीकृत समिति सँगको छलफलका लागि अनुरोध गर्नुहोस ।
  • रशिदको कपी आफूले राखी सक्कल बुझाउनुहोस । त्यहाँ बाट छलफलका लागि समय तोक्नेछ ।
  • कुनै ठूलो कारण नदेखिए पुन सोधपूछको लागि समय दिईनेछ । त्यहाँ तपाईलाई सजिलै प्रश्न जस्तै तपाइँको काम,तलब इत्यादि बारे सोधिनेछ ।
  • भिसा प्रदान भएको खण्डमा तिन दिन भित्र निवेदकको फोनमा म्यासेज आउनेछ । त्यसका लागि आफ्नो फोनमा मेट्राश २ एप दर्ता गर्न जरुरी छ । त्यसपछि नजिकैको सेवा कार्यलयमा गएर पैसा बुझाउनु पर्नेछ ।

मेडिकल चेकअप

श्रीमतीको मेडिकल जाँचका लागि मेसैमेरमा रहेको मेडिकल कमिसनमा जानुपर्नेछ । त्यहाँ महिला तर्फको सेवामा गई स्वास्थ्य जाँच गराउनु पर्छ । जम्मा १०० रियाल शुल्क तिरेर एक्सरे , रगत जाँच गर्न पाइनेछ ।
मेडिकल जाँच स्वीकृत बढीमा तिन दिन पछि आफ्नो फोनमा म्यासेज आउनेछ । त्यसपछि पुन त्यहीं कार्यलयमा गई फिङरप्रिन्ट गर्नुपर्नेछ ।

फिङरप्रिन्ट

सोही कार्यलयमा रहेको छ। पुरुष तर्फको कार्यलयमा गई फारम लिने र महिला तर्फको कार्यलय मा श्रीमतीलाई पठाउने । त्यहाँको काम सकिएको दिन वा बढीमा तिन दिन भित्र अध्यागमन कार्यलय गएर दुबै जनाको हस्ताक्षर भएको  फारम बुझाउने र आइडी लिने ।

यो पनि पढ्नुहोस :    कतार घुम्न आउन भिसाको पैसा नलाग्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button