उपनिर्वाचनका लागि रास्वपाले तोक्यो सातै प्रदेशमा कमाण्डर

काठमाडौँ, कात्तिक २२-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि सातै प्रदेशमा नेताहरूलाई खटाएको छ ।
रास्वपा केन्द्रीय निर्वाचन संयोजन समितिको बिहीबार बसेको बैठकले निर्वाचन परिचालनका लागि नेताहरूलाई खटाउने निर्णय गरेको हो ।
जसअनुसार कोशी प्रदेशमा निशा डाँगी, मधेसमा डा चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार, लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदूरपश्चिममा विष्णु कुमार श्रेष्ठलाई जिम्मेवारी दिएर कार्यक्षेत्रमा कमाण्डरको रूपमा खटाएको छ । स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ मा मनोनयन दर्ता गरिँदै छ ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो