कम्युनिस्ट पार्टीबाट अधिनायकवाद आउँदैन भन्ने होइन: माधव नेपाल

काठमाडौँ, कात्तिक १४-

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युुनिस्ट पार्टीबाटै अधिनायकवाद आउन सक्ने बताएका छन् । बुधबार प्रज्ञा भवनमा आयोजित नेपाल कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार विषयक कार्यक्रममा उनले अधिनायकवादी प्रवृत्ति हावी हुने खतरा रहेको बताए ।

“भोलि गएर आधिनायकावादी प्रवृत्ति हावी हुने खतरा छ । कम्युनिस्ट पार्टीबाट अधिनायकवाद आउँदैन भन्ने होइन । समाजवादी पार्टीमा नै लागेका हिटलर अधिनायकवादी बन्न पुगे,” उनले भने ।

अध्यक्ष नेपालले पार्टीहरूमा व्यक्तिवाद हावी भएको सुनाए । “व्यक्तिवाद हावी भएको छ । स्वार्थी प्रवृत्ति हावी भएको छ । मपाईं प्रवृत्ति हावी भएको छ । मैले के पाएँबाट सुरु हुन्छ । जति पटक सरकारमा गए पनि छोड्दैछोड्दैन्,” उनले भने ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button