स्टार्स मन्टेश्वरीका बालबालिकालाई संस्कार र संस्कृति सिकाएर तिहार मनाइयो

चितवन, कार्तिक १४–

बालबालिकाहरुलाई संस्कार र संस्कृति सिकाउन भरतपुरस्थित स्टार्स मन्टेश्वरी एकेडेमी र एभरेष्ट प्रिस्कुलले तिहार विशेष कार्यक्रम गरेको छ ।

कार्यक्रममा स–साना बालबालिकाहरूले परम्परागत तिहारको विधि सिक्ने मौका पाएका छन्। उक्त कार्यक्रमको मुख्य आकर्षण भाइ टीका थियो । जहाँ ठुला उमेर समूहका नानीहरूले साना उमेर समूहका बाबुहरूलाई सम्पूर्ण रीतिरिवाजअनुसार टीका लगाउन सिकाइएको थियो । भाइ मसला, सयपत्री फूलको माला, ओखर फुटाउने, तोरीको तेलको घेरा बनाउने, कुशका टुक्रा टाउकोबाट चारैतिर फ्याक्न, तेल बाबुहरूको टाउकोमा लगाउने, र बाबुहरूलाई ढाकाटोपी लगाउने आदि विधि सिकाइएको स्टार्स मन्टेश्वरी एकेडेमी मालपोत चोक शाखाका प्रबन्ध निर्देशक गणेश रानाले जानकारी दिए ।

कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षक–शिक्षिका तथा कर्मचारीहरू सबै नेपाली जातजातिका परम्परागत पोसाकमा सजिएका थिए। लोप हुँदै गएको देउसी–भैलो खेललाई जगेर्ना गर्ने उद्देश्यले मौलिक शैलीमा खेल्न समेत सिकाईएको थियो । मन्टेश्वरीका सङ्गीत शिक्षक विश्वास गुरुले तिहारका पारम्परिक गीतहरू प्रस्तुत गरेर कार्यक्रमलाई थप रोचक बनाएका थिए।

स्टार्स मन्टेश्वरी एकेडेमी २०६५ सालमा प‍ोखरामा स्थापना भइ २०६७ सालमा भरतपुर–११, मालपोतचोकमा पनि सञ्चालनमा आएको हो। विद्यार्थीहरूको चापलाई थेग्न नसकेर यसै वर्षदेखि भरतपुर–१२, थानीचोकमा एभरेष्ट प्रिस्कुल सञ्चालनमा ल्याइएको छ। धेरै विद्यार्थी भर्ना नपाएर फर्किनु नपरोस् भन्ने उद्देश्यले नयाँ शाखा खोलिएको हो। प्रबन्ध निर्देशक रानाले विद्यार्थीको चापलाई व्यवस्थापन गर्न र आगामी वर्षहरूमा भरतपुरका अन्य स्थानहरूमा पनि शाखाहरू विस्तार गर्दै जाने योजना रहेको बताए।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button