साफ फाइनलमा नेपाल भर्सेस बंगलादेशः गोलरहित बराबरीमा टुंगियो पहिलो हाफ

काठमाडौं,कात्तिक १४-

साफ महिला च्याम्पियनसिपको फाइनलमा घरेलु टोली नेपाल र बंगलादेशले गोलरहित बराबरी गरेका छन्। दशरथ रगंशालामा जारी पहिलो हाफ सकिदा दुवै टोलीले गर्न सकेका छैनन्। खेलको दोस्रो मिनेटमा नै गिता रानाले रिलिज गरेको बल तोहुरा खातुनले सजिलै नियन्त्रणमा लिदै गरेको प्रहर क्रसबारमा लाग्दै रिबाउण्ड भयो। रिवाउण्डमा तोहुराको हेडर नेपालकी गोलरक्षकले सजिलै बचाउ गरिन्। खेलको १० औँ मिनेटमा साम्बाको ब्याक पासमा अमिसा कार्कीको प्रहार क्रसबारमा लाग्दै बाहिरिदा नेपालले अग्रता बनाउने मौका गुमायो।

खेलको ३३ औँ मिनेटमा बंगलादेशकी मोनिका चक्माको फ्रिकीक प्रहार क्रसबारको माथिबाट आकाशियो।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button