आगलागीबाट एक करोड बढीको क्षति

महोत्तरी, मंसिर १७-

विद्युत् सट भई आगलागी हुँदा यहाँको बर्दिबास नगरपालिका–१४ मा एक करोड बढीको क्षति भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय महोत्तरीका अनुसार बर्दिबास–जलेश्वर सडकको औरहीरोडस्थित न्यू दुर्गा इलेक्ट्रिक सप्लायर्स पसलमा गएराति आगलागी हुँदा विद्युतीय सामान जलेको थियो ।

रामसेवक महतोको तीनतले घरको भूइँतलाका १३ वटा सटरमध्ये छ वटामा राखिएका सामान आगलागीबाट जलेका छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ का सहाजिस नदाफले घर भाडामा लिइ विद्युतीय सामानको पसल सञ्चालन गर्दै आउनुभएको थियो ।

स्थानीय, सेना र प्रहरीका साथै रामगोपालपुर नगरपालिकासहितको चारवटा दमकल प्रयोग गरी आगो निभाइएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । रासस

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button