६९७ केजी सुर्ती बरामद

कतारको भन्सार विभागका कर्मचारीले हमाद बन्दरगाहबाट ६९७ केजी सुर्ती बरामद गरेको छ ।
एक्सरे मेसिन मार्फत समान जाँच्ने क्रममा भान्साको सामानको बक्स भित्र सुर्ती लुकाएर ल्याइएको पत्ता लागेको थियो।
जहाजलाई नियन्त्रणमा लिएर त्यसका सदस्यलाई कानुनी प्रक्रिया अगाडि बढाइएको विभागले बताएको छ । केहि दिन अघि मात्र भन्सार छल्न ल्याइएका ३,२५० केजि सुर्ती र सात लाख चुरोट सोहि
बन्दरगाह बाट बरामद गरिएको थियो। कतारमा सुर्ती सेवन तथा त्यसको किनबेच अवैध मानिन्छ।