साफ सकिए लगत्तै फ्रान्स उडिन् साम्बा

काठमाडौँ, कात्तिक १५-
नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा फ्रान्स फर्किएकी छन् । हिजो (बुधबार) राति साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनल खेले सकिएलगत्तै सावित्रा आज (बिहीबार) बिहानै व्यावसायिक फुटबल खेल्ने फ्रान्स लागेकी हुन् ।
सावित्रा बिहीबार बिहानै व्यावसायिक फुटबल खेल्ने फ्रान्स लागेकी हुन् । उनले समूह चरणमा एक खेल मात्र खेलिन् भने सेमिफाइनल र फाइनल गरी कुल तीन खेल खेलिन् । जसमा दुई गोल गरिन् ।
यस्तै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनलमा नेपाल बंगलादेशसँग २(१ ले पराजित हुँदै छैटौंपटक उपविजेता बनेको थियो ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।