सम्पदा मिस युनिभर्समा सहभागी हुन मेक्सिको प्रस्थान

काठमाडौं, कात्तिक १५-

मिस युनिभर्स प्रतियोगितामा सहभागी हुन ‘मिस युनिभर्स नेपाल २०२४’ सम्पदा घिमिरे मेक्सिको प्रस्थान गरेकी छिन् ।मेक्सिकोमा आयोजना हुन लागेको ७३ औं मिस युनिभर्स प्रतियोगितामा सहभागी हुन सम्पदा मेक्सिको प्रस्थान गरेकी हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सम्पदाले देशलाई जिताउन आफूले सक्दो प्रयास गर्ने बताइन् । तेन्जिन छेतेन भुटियाले गरेको डिजाइनमा उनी आकर्षक देखिएकी थिइन् ।

फिनालेका लागि नेपालको राष्ट्रियता र परम्परा झल्किने नेसनल कस्ट्युम समेत प्रस्तुत गर्नेछिन् । यस वर्षको मिस युनिभर्स नेपालको फिनालेमा सहभागी हुन आएकी वर्तमान सुन्दरी सेनेसिस पालासियोसले नयाँ विजेतालाई ताज पहिराउनेछिन् ।

 

 

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button