बिहीबार सम्म कडा हावाहुरी सँगै वर्षाको सम्भावना

कतार मौसम विभागले बिहीबार सम्म कडा हावाहुरी सँगै वर्षा हुनसक्ने जानकारी गराएको छ।हिजो एक विवरण सार्वजनिक गर्दै विभागले धुलो सहितको हावाहुरीले प्रतक्ष्यता समेत घटेर दुई किलोमिटर भन्दा कम रहन सक्ने जनाएको हो।
गर्मी महिना
ग्रीष्म ऋतु अर्थात् गर्मी मौसमको अन्त्य हुने क्रममा कतारमा कडा हावाहुरी सहितको धूलो चल्ने गर्दछ।पछिल्लो वर्षपनि यही समयमा एक्कासी आएको धूलोको हावाहुरीले सबैलाई चकित बनाएको थियो।त्यस्तै गर्मी सँगै आद्रता बढ्ने हुँदा कतारमा अगष्ट महिना सबै भन्दा गर्मी महिना मानिन्छ।सेप्टेम्बर बीच देखि गर्मी क्रमशः घट्दै जाडो महिना सुरु हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो

