कतारको राहदानी संसारकै ५५ औं बलियो,नेपालको उत्तर कोरिया भन्दा पनि कमजोर

हेन्ली पासपोर्ट इन्डेक्सको पछिल्लो रिपोर्टको अनुसार कतारको राहदानी ५५ औ शक्तिशाली राहदानीको सूचीमा परेको छ ।
२२७ यात्रा गन्तव्यहरूमा भिसा-रहित पहुँचका साथ १९९ देशको राहदानी तुलना भएको हेन्ले पासपोर्ट सूचकांकलाई आधिकारिक मानिन्छ।
रिपोर्टअनुसार सन् २०२३ का लागि जापान संसारकै बलियो राहदानी भएको राष्ट्रको सूचीमा परेको छ।
जर्मनी, दक्षिण कोरिया, अमेरिका, बेलायत, इटाली, स्पेन, पोर्चुगल, स्विजरल्याण्ड पनि यस वर्षको शक्तिशाली राहदानीको सूचीमा रहेका छन्।
कमजोर राहदानी
यता संसारका १० कमजोर राहदानीको सूचीमा नेपालको राहदानी परेको छ । जम्मा १९९ देश मध्ये नेपालको राहदानी १९२ स्थानमा उत्तर कोरियाको भन्दा पनि तल परेको छ । कमजोर राहदानीको सूचीमा नेपालसँगै प्यालेस्टाइन, यमन, पाकिस्तान, सिरिया लगायत रहेका छन्। इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसियसन (आइटा)ले उपलब्ध गराएको तथ्यांकको आधारमा हेन्लीले नयाँ रिपोर्ट सार्बजनिक गरेको हो।
अफगानिस्तान र इराकको राहदानी भने संसारकै खराब राहदानीको सूचीमा परेको छ।