बिज्ञापन

आज १२८औं अन्तर्राष्ट्रिय “मजदुर दिवस”

आज १२८औं अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागो सहरमा ८ घन्टा काम, ८ घन्टा मनोरन्जन र ८ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा मे १ दिन विश्वभर यो दिवस मनाउने गरिन्छ ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभरि नै मनाउने निर्णय गरेको थियो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा विश्वभरि नै मजदुर दिवस मनाउने गरिन्छ ।

‘संसारका मजदुर एक होऔं’ भन्ने मूल नाराका साथ नेपालमा पनि आज मजदुर दिवस विविध कार्यक्रम गरेर मनाइँदैछ । आजको दिन आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न क्षेत्रका मजदुरले विभिन्न कार्यक्रम गरी दिवस मनाउँछन् ।

नेपालमा भने विराटनगरमा २००७ सालमा मजदुर आन्दोलन भएसँगै यो दिवस मनाउन थालिएको हो । ०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button