घरमै बसेर ईद उल फित्र मनाइँदै

मुस्लिम धर्मावलम्बीहरुको महान पर्व ईद उल फित्र आज मनाइँदै छ । एक महिना लामो उपवास बसेर गरीएको व्रत अन्त्य गरी आत्मिक शुद्धता गर्ने र आफन्तबीच खुसी साटासाट गरी मुस्लिम समूदायले ईद उल फित्र मनाउने गर्दछन् । रमजान पर्व सकिएको भोलिपल्ट ईद
उल फित्र मनाउने गरिन्छ । ईद उल फित्रका अवसरमा कतार सरकारले आइतवार देखी मंगलवार सम्म सार्वजनिक विदा दिएको छ ।
रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईदु–उल–फित्रका दिन मस्जिदमा गई सामूहिक नमाज आदा गर्ने प्रचलन रही आएको थियो तर विश्वभर महामारीको रुपमा फैली रहेको कोरोना भाइरसका कारण जोखिम काम गर्न सबै घरमै बस्न बाध्य छन् । रमजानको सुरुको दिनमा पनि कोरोना भाइरस संक्रमणको जोखिमलाई ख्याल गर्दै इस्लाम धर्मावलम्बीहरुले घरमै बसेर नमाज आदा गरेका थिए । कतार सरकारले पनि भाइरसको जोखिम कम गर्न ईदमा सामुहिक नमाज माथि प्रतिबन्द लगाएको छ ।
आमिर द्वारा शुभकामना व्यक्त
महामहिम अमीर शेख तमीम बिन हमद अल थानीले इस्लाम धर्मावलम्बीको पर्व इल उल फित्रका अवसरमा देशवासी तथा अरब राष्ट्रमा रहने समस्त मुसलमान दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।
अमीरले ईद अल फितरको अवसरमा अरबी र इस्लामिक राष्ट्रहरूका प्रमुखका साथै शूरा काउन्सिलका अध्यक्ष अहमद बिन अब्दुल्लाह बिन जैद अल महमूद सँग पनि शुभकामना साटा साथ गरेका छन् ।
कतारका राजकुमार शेख अब्दुल्लाह बिन हमद अल थानी र कतारका प्रधानमन्त्री तथा गृहमन्त्री शेख खालिद बिन खलीफा बिन अब्दुलाजीज अल-थानीले पनि अरबी र इस्लामिक देशका नागरिकलाई शुभकामना व्यक्त गरेका छन् ।
धैर्यता र कृतज्ञताको पर्व हो ईद उल फित्र : प्रो. रमजान अली मियां
यो धर्ति विभिन्न धर्म,समुदाय तथा अनेकौं रितिरिवाजलाइ अनुसरण गर्नेहरुको साझा घर हो।यस धर्तिमा बस्नेहरुले आफुले मान्दै आएको प्रचलन रितिरिवाज अनुसार जहाँ अन्य कार्यहरु गर्दछौं भने त्यहीँ आ-आफ्नै प्रकारको खुशियाली पनि मनाउछौं।यिं खुशियालीहरु कहिले चाडको रुपमा मनाइन्छ भने कहिले पर्व तथा उत्सवको रुपमा मनाइन्छ।मानवजातिले कल्पना गरेको बिषय हो कुनै चाड अथवा पर्व।खुशियाली हुनु पर्दछ भन्ने मान्यता हामी आफैमा पाउंछै।चाडपर्वको महत्त्व हामी यसबाट पनि लगाउन सक्छौं कि कुनै समुदायको उत्पत्ति पछि देखिन्छ तर हामी त्यस्को स्थापना दिन र खुशियाली पहिले नै मनाउंछौ।यहुदीहरु कहाँ धेरै पर्वहरु थिए।तपाईं हामीले इतिहासको अध्ययन गर्यौ भने हामी त्यहाँ धेरै पर्वहरु पाउछौ।जस्तै त्यतिबेलाका दुष्ट शासकको दासता बाट उनिहरुले मुक्ति पाएको दिन पर्व मनाउछन!आकासिय ग्रन्थ उत्रीयो पर्व मनाए।पेलेस्टाइनमा उनिहरुको शासन कायम भयो यस अवसरमा पनि उनिहरु पर्व मनाउछन।समुदायको ऐतिहासिक असवर र परिवर्तन/ उपलब्धिको स्मरणमा बिश्वभरि विभिन्न प्रकारका उत्सव,चाडपर्वहरु मनाउने गरिन्छ।यसैगरी हामी कहाँ पनि विभिन्न चाडपर्व मनाइन्छ।जस्तै मौसम परिवर्तनमा पनि हामी वसन्त लगायत अन्य पर्व मनाइन्छ।असत्य माथी सत्यको बिजयको स्मरण गर्दै बिजयादशमी मनाउछौ।रङ्गहरुको पर्व स्वरुप फागुपुर्णिमा मनाउछौं।देशमा नया,ब्यवस्था कायम भएको अवसरमा गणतन्त्र/ लोकतान्त्र / प्रजातन्त्र इत्यादि दिवसको खुशियालिमा उत्सव मनाउछौं।देशमा नयाँ संविधान जारी भएको दिन संविधान दिवस मनाउछौं इत्यादि।विभिन्न कालखण्डमा विभिन्न हासिल उपलब्धि परिवर्तन तथा ऐतिहासिक पृष्ठभुमिमा हामी विभिन्न उत्सव तथा चाडपर्वहरु पाउंछौ।रमजानको महिनामा पनि हामी मुस्लिमहरुले पुर्णरुपमा अल्लाहको आज्ञामा आफुलाइ समर्पित गरेका थियौ।खानु पिउनु मानवजातिको प्रकृति संङ्ग सम्बन्धित छ।यसको बिना मानव जिवनको परिकल्पना पनि गर्न सकिँदन । तर अल्लाहले अन्य दिनहरुमा झैँ यो एक महिना भरी दिउँसोको समयमा नखाउ भन्ने आदेश दिए पछि हामी रोकियौं।अब महिना सकिए पछि पुनः अल्लाहको आदेश हुन्छ कि अब खाउ/ गर/ इत्यादि ।तिमिलाइ जुन परिक्षामा राखिएको थियोे अब तिमी सफल भयौ।आज बाट तिमिमा नयाँ भावना र नया उत्साह थपिएको छ।यसको सम्झनामा र यसको उत्सव मनाउन मुसलमानहरु ईद उल फित्र मनाउदछन।ईदको अर्थ खुशी र फित्रको अर्थ खोल्नु।इफ्तारको मत्लब पनि रोजा खोल्नु व्रत खोल्नु हो।यसको पूरा अर्थ भयो आज दिन बाट पुरै महिनाको रोजा खोलियो।यस अवसरमा मुसलमानहरु लामो अवधिको ब्रत प्रती धैर्यता अपनाउदै र अल्लाहको अनगिन्ती करुणा माथी कृतज्ञता ब्यक्त गर्नका निम्ति ईद उल फित्र मनाउछन।
बिश्वभरिका इस्लाम धर्मावलम्बीहरुले हिज्री पात्रो अनुसारको नवौं महिना भरी व्रत(रोजा) बस्ने गर्दछन।जस्को समय बिहान सुर्योदय भन्दा केही समय अगाडि बाट सुर्यास्त सम्म रहेको हुन्छ।बिहान आफ्नो इच्छा बमोजिम केही हल्का खानाको परिकार खाएर ब्रत( रोजा) बसिन्छ।यस लाई सेहेरी भनिन्छ।सुर्यास्त पछि मग्रिबको अजान संङ्गै उनिहरु खजुर पानी फलफुल खाएर व्रत तोड्दछन जसलाइ इफ्तार भनिन्छ।यस पूरा अवधिभर सच्चा पक्का मुसलमान जसलाई अरबीमा मुअमिन भनिन्छ उनिहरु सबै खानापिना,सहवास,झुट,गाली बेइज्जती,गित संगित सुन्न,फिल्म मुभी हेर्न लगायत अन्य तिं कुरा र कार्यहरु बाट पनि आफुलाइ सावधानी पुर्वक बचाएर राख्दछ जो गैर रमजानमा बैध थिए।यस महिनामा अशक्त बुढाबुढी, बालबालिका,यात्रामा रहेका र दीर्घकालीन रोगले ग्रसित रहेकाहरुका लागि भने व्रत बस्न अनिवार्य छैन।अत्यन्तै बुढ्यौली उमेरमा पुगेका र दीर्घकालीन रोगले ग्रसितहरुका निम्ति फिदिया चुक्ता गरेर रमजानको रोजाको भर्पाइ गर्न सकिने इस्लामी ब्यवस्थाले गरेको छ।जसमा गरिब असहाय र न्यूनअवस्थाका ब्यक्तिहरुको अधिकार सुनिश्चित गरिएको हुन्छ।यस महिना भरी बिश्वभरिका मुसलमानहरु ब्रत (रोजा) बसेर अल्लाहको खुब महिमा गाउँदछन।दिनभरि व्रत अनि रातभर अल्लाहको उपासना यो बर्णन गरेरै साध्य छैन।इस्लामी मूल्य मान्यता र विभिन्न ठोस प्रमाणका आधारमा यसै महिना रमजानमा मानवजातिको मार्गदर्शन र कल्याणका निम्ति पवित्र कुरआन अवतरित गरिएको हुनाले यस महिनालाइ शहरुल कुराआन अर्थात कुरआनको महिना पनि भनिन्छ।जस्का कारण यस महिनाको महत्त्वपूर्ण कार्य मध्ये कुरआनको पाठ गर्नु पनि हो।कुरआन पाठ गर्दा कुरआनको अर्थलाइ बुझेर पढ्नु हरेक मुसलमान महिला पुरुषको दायित्व हो।कुरआन एक आकाशिय ग्रन्थ मात्र नभई त्यसका हरेक आदेश र निर्देशन,शुभ सन्देश,चेतावनी,घटनाक्रमको व्याख्या,विभिन्न सन्देष्टाहरुको भुमिकाको गाथा लगायत एक पुर्ण जीवन ब्यवस्था हो।यो पवित्र किताबको बारेमा स्वयं कुरआनमा भनिएको छ यो किताब सतमार्ग प्राप्त गर्न चाहनेहरुका लागि मार्गदर्शक हो।कुरआन केवल मुसलमानको मार्गदर्शनका लागि मात्र होइन यो सम्पुर्ण मानवजाती कै लागि हो भनेर क्यौं पटक भनेको छ।यसैगरी यश महिनाको अर्को महत्त्वपूर्ण अवसर भनेको रमजान महिनाको अन्तिम १० दिनको तिं ५ वटा बिजोड रातहरु हुन जस मध्येको १ रात अत्यन्तै महत्त्वपूर्ण मानिएको छ।जसलाइ लैलत उल कद्र भनिन्छ।जुन रात १ हजार महिना भन्दा पनि उत्तम तथा महत्त्वपूर्ण रहेको छ।यसरात लाई पनि मुस्लिम जगतले रात जागाराम बसेर विभिन्न धार्मिक कार्यहरु गरेर सदुपयोग गर्दछ।यस रातमा अतिरिक्त नमाज पढ्ने,कुरआन पढ्ने, विशेष मन्त्र अल्लाहुम्म इन्नक अफुव्वुन तुहिब्बुल अफ्व फ अफुअन्ना ( अन्नी) हे अल्लाह निस्संदेह तपाईं नै क्षमावान हुनु हुन्छ क्षमा दिने कार्यलाइ मन पराउनु हुन्छ तसर्थ मलाइ/हामीलाई क्षमा प्रदान गर्नु होस।
यस मुलमन्त्रमा बिश्व मानवजगतको मुक्तिको कामना गरिएको छ।यसको अन्तमा मुसलमानहरुले सामुहिक इफतार अर्थात महिना भरिकै इफ्तार गर्दछन।जसलाइ अर्को भाषामा ईदको दिन पनि भन्न सकिन्छ।महिना भरी भोकै बसेका ब्रतालुहरुले यस दिन खुशियाली साटासाट गर्दछन।यस दिनको पहिलो काम भनेको मुस्लिमहरु बिहानै सवेरै उठेर नुहाइ धुवाइ गरेर आफ्नो हैसियत अनुसारको नयाँ/सफा कपडा लगाएर ईदको नमाजका निम्ति आफ्नो एरियाको कुनै ईदगाह अथवा शहरको ठूलो मस्जिदमा ईदको प्रार्थना गर्न निस्कन्छन।यस क्रममा उनिहरुले अल्लाहको विशेष महिमा गर्दछन।जस्का शब्दहरु यसप्रकार रहेका छन।”अल्लाहु अक्बर अल्लाहु अक्बर अल्लाहु अक्बर अल्लाहु अक्बर।ला इलाह इल्लल्लाहु अल्लाहु अक्बर अल्लाह अक्बर व लिल्लाहिल हम्द”।यसमा अल्लाहको उच्च गरिमा र अल्लाह नै सर्वशक्तिमान छन भनेर भनिएको छ।उनैका निम्ति सम्पुर्ण प्रसंशा रहेको छ।ईदको नमाजको निम्ति जांदा एउटा बाटो बाट जाने र फर्किदा अर्को बाटो बाट फर्किनु सुन्नत विधि रहेको छ।यसै दिन ईदको नमाज भन्दा पहिला गरीब गुरुवा पीडित असहायको सहयोगार्थ केही रकम दिनु पर्ने इस्लामी ब्यवस्था रहेको छ।जसलाइ फित्राना/ सदकदुल फित्र/ जकातुल फित्र भनिन्छ।जसले गर्दा अरु सङ्गै एउटा गरिबले पनि ईदको खुशी महसुस गर्न सकोस।ईदको नमाजमा इस्लामी देशहरुमा त्यहाँका शासक/ हेड अफ दि नेशनले अथवा राज्य ब्यवस्था प्रमुख द्वारा अनुमती प्राप्त ब्यक्तिले राज्यको नाममा सम्बोधन गर्ने प्रचलन रहेको छ।जसमा हाम्रो देश तिर Grand Imam ले ईदको शुभ सन्देश र राज्यको तर्फबाट निर्देशनका बिषयमा प्रवचन दिने गर्दछन।यो प्रवचन अत्यन्तै महत्त्वपूर्ण मानिन्छ।यस महत्त्वपूर्ण अवसरमा आम नागरिकले आफ्नो अगुवाहरु द्वारा प्रत्यक्ष निर्देशन पाउने शुभ अवसर पनि हुन्छ तसर्थ इमाम,अगुवाहरुले बर्षभरी नै रमजानको उपासनाको कदर गर्न र प्राप्त उपलब्धिहरु लाई कायम गर्न निर्देशन गर्न चुक्नु हुँदैन।ईदको नमाज पछि सबैले एक आपसमा छाती मिलायर गला मिलाएर सलाम भन्दै ईदको मुबारकबादी / शुभकामना आदानप्रदान गर्दछन।यस दिन आफन्त लाई आफू कहाँ बोलाएर र आफू आफन्तको घरमा गएर मीठो मसिनो खाने प्रचलन रहेको छ। प्रमुख DISH को रुपमा हाम्रो देशमा दुधमा पकाइएको एक परिकार “सेवइ” खाने प्रचलन रहि आएको छ।अरब देशमा गुलियो र खजुर खाने प्रचलन छ।ईदको खुशियालिमा कुनै उत्ताउलो पन र आफ्नो सामर्थ्य भन्दा बढी खर्चिनु पनि शोभनीय मानिदैन।कुनै नाचगान/ बाजागाजा नृत्य/नारा जुलुस/ कसैको मान मर्यादामा आंच आउने खाले केही हुँदैन।हुन्छ त केवल अल्लाहको आदेश र निर्देशनको अनुसरण तथा पालना गर्ने गराउने नै मुख्य गतिविधि हुन्छन।तर जस्तो खुशियालीको पर्व भएता पनि अल्लाहले यस्ता अवसरहरुमा दुई मुख्य कुरालाइ कडाइका रुपमा मद्यनजर गर्दै खुशियाली मनाउन भनेका छन।एक हाम्रो /मेरो खुशिमा कसैलाइ अल्लाहको साझेदार/ बराबर नठहरयाउने।अर्को भनेको मानव अधिकारको कुनै उलंघन हुनु हुँदैन।हाम्रो/मेरो खुशियालीका कारण कसैको अधिकार र खुशी हनन हुनु भएन।अन्तमा पवित्र महिना रमजानको अभ्यासले ल्याएको परिवर्तनलाई हामीले बाकींंका ११ महिना पनि कायम गर्न सक्यौं भने हामीले आफू सफल भएको भन्न सकिन्छ। नत्र उहीँ पुरानै गतिविधि जारी राख्यौं झुट बोल्यौं,कसैलाइ धोका दियौं ,ब्यापारीले खाद्यान्न तथा अन्य बस्तुमा मिलावट तथा कालोबजारी गर्यो,छिमेकी संङ्गक सम्बन्ध फेरि पनि तिक्त नै रहयो।कसैको मन दुखाइ नै रहयौं । सामाजिक संजाल मार्फत अनावश्यक टिकाटिप्पणी गरेर कसैको इज्जत मान मर्यादा माथी आंच आउने कार्यको निरंतरता रहि रहयो र बुवाआमा दाज्युभाइ इष्टमित्रको अधिकार हनन नै गरिरहयौं भने भोको प्यासो मात्र रहेको रहेछु भनेर हात मल्नुको अरु विकल्प रहदैन। यतिबेला बिश्व जगत अत्यन्तै बिकराल अवस्थामा उभिएको छ। यस्तो विषम परिस्थितिमा हामीले एक अर्काको दुख पिडामा साथ दिनु पर्दछ। राज्यद्वारा अवलम्बन गरिएका नीति निर्देशनको पालना हाम्रो पहिलो दायित्व हुन आउँछ भन्ने कुरा बिर्सनु हुँदैन ।