साउदीमा पनि अब अनुमतिविना रोजगारदाता फेर्न र देश छोड्न पाइने

साउदी अरेबियाले आइतबारबाट ‘श्रम सम्बन्धी सुधार पहल’ कार्यक्रमको कार्यान्वयन थालेको छ । अब आप्रवासी श्रमिकहरुले रोजगारदाता मन नपरेको खण्डमा अनुमतिबिना रोजगारदाता परिवर्तन गर्न र साउदी छोड्न पाउने भएका छन् । यो नियम १४ मार्च अर्थात आज देखी देखि लागू हुने साउदीको मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

श्रम बजारलाई व्यवस्थित र आकर्षक बनाउन सो व्यवस्था गर्न लागिएको साउदी अरेबियाका मानव संशाधन सहायक मन्त्री अव्दुल्लाह बिन नासिर अबुथनैनले स्थानीय सञ्चार माध्यमलाई बताएका छन्।

नयाँ व्यवस्था लागू भएपछि रोजगारदाता मन नपरेको अवस्थामा कामदारले सहजै अर्काे रोजगारदाता परिवर्तन गर्न सक्नेछन्। तर, रोजगारदाता परिवर्तन गर्न करार अवधि भने पूरा गरेको हुनुपर्नेछ । त्यस्तै करार अवधि सकिएका कामदारलाई घर फर्किन एक्जिट पर्मिट (गमनपत्र) र पुनः साउदी फर्किन पहिले रोजगारी गर्दै आएको कम्पनीबाट ‘नो अबजेक्सन लेटर’ (एनओसी) चाहिने छैन।

साउदीमा साढे ३ लाखको हाराहारीमा नेपाली कामदार कार्यरत छन् ।

रोजगारदाताको अनुमतिबिना नै काम र कम्पनी परिवर्तन गर्न पाइने भएपछि साउदीमा नेपाली कामदारहरु अवैधानिक हैसियतको हुनबाट समेत जोगिने उनको विश्वास छ।

खाडी राष्ट्रमा यस्तो नियम परिवर्तन गर्ने साउदी दोर्श्रो राष्ट्र हो । कतारले यस् अघीनै अनुमतिविना रोजगारदाता फेर्न र देश छोड्न पाइने नियम लागु गरीसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button