चितवनबाट २८ सय पिस पटका सहित तीन जना पक्राउ, २५ खाल खोड्खोडे बरामद

चितवन, कात्तिक १६-
चितवनबाट बिस्फोटक पदार्थ पटका र खोड्खोडे खाल बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर केन्द्रिय बसपार्कबाट २८ सय पिस पटका र जिल्लाका विभिन्न स्थानबाट २५ खाल खोड्खोडे बरामर गरेको हो ।
रौतहतको गौरबाट चितवन आएको ग १ ख ७५३२ नं. को यात्रु बाहक बसबाट २८ सय पिस नागिन पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बसचालक, सहचालक र कन्डक्टरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा पर्नेमा चालक रौतहतको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का मोहम्मद अर्मान, सहचालक विरगंज महानगरपालिका २९९का सुशिल चौधरी र कन्डक्टर रौतहतको चन्द्रपुर नगरपालिका ४ का सुदर्शन राउत रहेका छन् । उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै खोडखोडे खलेका व्यक्तिहरुलाई प्रहरीले छाडेको छ । उनीहरुलाई अब उपरान्त खालेको पाईएमा जुवा सम्बन्धी ऐन अन्तर्गत कारबाही समेत गर्ने गरी छाडिएको बताइएको छ ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।