विश्वकपमा पुग्ने क्रिकेट खेलाडीलाई जनही दुई लाख ५० हजार पुरस्कार दिइने

काठमाडौं, कात्तिक २९-

नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक यू–१९ विश्वकपमा प्रवेश गरेको नेपाली महिला क्रिकेट टोलीका खेलाडीलाई प्रोत्साहन स्वरूप जनही दुई लाख ५० हजार रूपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । टिममा समावेश अफिसियलहरूलाई भने जनही एक लाख ५० हजार रूपैयाँ पुरस्कारबाट सम्मान गरिने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । संयुक्त अरब इमिरेट्स (यूएई)को अजमानमा बुधबार सम्पन्न खेलमा घरेलु टोली यूएईमाथि आठ विकेटको जीत निकाल्दै नेपालले पहिलो पटक यू–१९ विश्वकपमा ऐतिहासिक उपलब्धि हासिल गरेको थियो ।

नेपालले ६ खेलबाट १० अंक जोड्दै विश्वकपमा स्थान बनाएको हो । त्यस्तै, यूएईले पनि समान खेलबाट समान १० अंक जोडे पनि नेपाल नेट रनरेटमा अगाडि रहँदै विश्वकपमा स्थान बनाउन सफल भएको हो । यू–१९ विश्वकप क्रिकेट सन् २०२५ मा मलेसियामा आयोजना हुँदैछ ।

विश्वकपका साथै नेपाल यू–१९ एसिया कपका लागि पनि छनोट भएको छ । एसीसीको आयोजनामा आगामी डिसेम्बरमा हुने यू–१९ महिला एसिया कपका लागि पनि नेपाल छनोट भएको हो । यू–१९ एसिया कप क्रिकेटमा नेपालसँगै पाकिस्तान, भारत श्रीलंका, बङ्गलादेश र मलेसिया सहभागी हुनेछन् ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button