फ्ल्याग प्लाजा : कर्नेशमा नेपाल सहित ११९ देशको झण्डा फहराईयो

दोहाको कर्नेशमा नेपालको सहित ११९ वटा देशको झण्डा फहराईएको छ ।
म्युजियम अफ इस्लामिक आर्ट पार्क नजिकै अवस्थित फ्ल्याग प्लाजा नाम दिएर नयाँ सामुदायिक स्थानको उद्घाटन भएको छ ।
कतारको अमिर शेख तमिम बिन हमाद अल थानीको संरक्षणमा उपप्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीको र कतार संग्रहालयका प्रमुख शेख अल मायासा बिन्त हमाद बिन खलिफा अल थानीको उपस्थितमा उक्त क्षेत्रको हिजो उद्घाटन गरिएको छ ।

कतारले कूटनीतिक सम्बन्ध राखेको राष्ट्र , युरोपेली संघ, संयुक्त राष्ट्र संघ र जिसिसीको गरेर जम्मा ११९ वटा झण्डा फ्ल्याग प्लाजमा राखिएको छ ।
चाडपर्व,विभिन्न उत्सव र कार्यक्रममा सामुदायिक भेला हुने महत्त्वपूर्ण स्थानको रुपमा फ्ल्याग प्लाजालाई अपेक्षा गरिएको छ।
नेपाली समुदायको कार्यक्रम हुने
फ्लाग प्लाजामा अक्टोबर १० तारिक आयोजना हुने कार्यक्रममा बेलुका ७ देखि ८ बजे नेपाली समुदायको विभिन्न सांस्कृतिक प्रस्तुति रहनेछ । यसैबारे एनआरएनए कतारले सूचना प्रकाशित गर्दै सम्पूर्ण नेपालीलाई कार्यक्रममा उपस्थित भै कलाकारको हौसला बढाईदिन आग्रह गरेको छ ।