आईसीसी विश्वकप लिग २ः नेपाल ३७ रनले अमेरिकासँग पराजित

काठमाडौं,कात्तिक १८-

अमेरिकामा जारी नेपाल आईसीसी विश्वकप लिग २ मा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ । अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याएको नेपाल २४४ रनमै सीमित भएको हो ।अमेरिकाको डालसमा रहेको ग्राण्ड पेरी क्रिकेट रंगशालामा भएको खेलमा नेपाल ४९.५ ओभरमै अलआउट भएको हो । नेपालका तर्फबाट ओपनर अनिल साहले ८० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन जोडे भने अर्का ओपनर आसिफ शेख ६ रनमै आउट भएका थिए ।

टस जितेर बलिङ रोजेको नेपालका तर्फबाट गुल्शन झाले ३ विकेट, सोमपाल कामी र सन्दीप लामिछाने २, २ र कुशल भुर्तेलले १ विकेट लिएका थिए । अमेरिका लागि तीन खेलाडीले अर्धशतक बनाए । जसमा साइतेजा मुक्कामाले सर्वाधिक ७५ रन बनाए । उनले ८७ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । यस्तै कप्तान मोनाक पटेलले ६७ तथा हर्मित सिंहले ५९ रन योगदान गरे । आरोन जोन्सले २६ रन बनाए ।

नेपाल यसअघिको पहिलो खेलमा पनि अमेरिकासँग पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । सिरिजअन्तर्गको अन्तिम खेल नेपालले स्कटल्यान्डसँग सोमबार खेल्नेछ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button